नेपाल राष्ट्र बैंकले नयाँ विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४२ नाघ्यो
Prime TV News ११ महिना अगाडि 
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको बिक्री दर १४२ रुपैयाँ ३२ पैसा कायम भएको छ । जुन पछिल्ला केही दिनयता उच्च दरमध्ये एक हो।
राष्ट्र बैंकले प्रकाशित विवरण अनुसार, अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा रहेको छ। युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ९५ पैसा र बिक्री दर १६६ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९० रुपैयाँ २८ पैसा तथा बिक्री दर १९१ रुपैयाँ ०९ पैसा तोकिएको छ। स्वीस फ्राङ्क खरिदमा १७७ रुपैयाँ ४६ पैसा र बिक्रीमा १७८ रुपैयाँ २१ पैसा पुगेको छ।







