सुकुम्बासी हटाउने अभियानप्रति दुर्गा प्रसाईको आपत्ति
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । राजावादी अभियन्ता दुर्गा प्रसाईले सरकारले सुकुम्बासी बस्ती हटाउने अभियानलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू गरिब, सर्वहारा र सुकुम्बासीको पक्षमा लड्ने घोषणा गरेका छन्। उनले यस्तो अभियानले गरिब नागरिकलाई असर गरेको बताएका छन्।
प्रसाईले भूमिहीन नागरिक कहाँ बस्ने भन्ने प्रश्न उठाउँदै उनीहरूका लागि सुरक्षित विकल्प नभएको दाबी गरे। उनका अनुसार धेरै नागरिक बाध्य भएर सरकारी जग्गा वा नदी किनारमा बस्नुपर्ने अवस्था छ। उनले सबै नागरिकले मेहनत गरेर घर बनाएको उल्लेख गर्दै सुकुम्बासी समस्यालाई मानवताका दृष्टिले हेर्नुपर्ने बताएका छन्।
प्रसाईले सरकारको ध्यान सीमा सुरक्षा र कालापानी–लिपुलेकजस्ता विषयमा केन्द्रित हुनुपर्ने पनि बताएका छन्। उनले नेपाली सेनालाई पनि सीमातर्फ ध्यान दिनुपर्ने धारणा राखे। उनले आफू यस्तो नीतिविरुद्ध निरन्तर आवाज उठाउने बताएका छन्।







