एमालेको सदस्यता अब पूर्ण रूपमा डिजिटल प्रणालीमा

User Image Prime TV News ५ दिन अगाडि
Image of एमालेको सदस्यता अब पूर्ण रूपमा डिजिटल प्रणालीमा

काठमाडौ । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा भएको बैठकमा यसबारे डेमो प्रस्तुति देखाइएपछि छलफल गरिएको हो। बैठकमा पार्टीका शीर्ष नेता, प्रदेशका प्रतिनिधि र जनसंगठनका पदाधिकारी सहभागी थिए।

नयाँ प्रणाली लागू भएपछि पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता लिने प्रक्रिया र सबै अभिलेख अनलाइनमार्फत सञ्चालन गरिनेछ। उपाध्यक्ष विष्णु पौडेलले डिजिटल प्रणालीले पार्टीलाई अझ व्यवस्थित र पारदर्शी बनाउने बताएका छन्।

त्यस्तै संगठन विभागका संयोजक भानुभक्त ढकाल ले पार्टीको सदस्यता प्रणाली अब पूर्ण रूपमा डिजिटल हुने जानकारी दिएका छन्। उनका अनुसार सबै तहका नेताहरूको विवरण एकै प्रणालीमा राखिनेछ। एमालेले यो प्रणाली देशभरका सबै प्रदेश, जिल्ला र स्थानीय तहमा एकैसाथ लागू गर्ने तयारी गरेको छ।

साथै सदस्यता नवीकरण तोकिएको समयमा नगर्ने सदस्यहरू स्वतः जिम्मेवारीबाट हट्ने व्यवस्था पनि गरिने बताइएको छ।