दसैंसँगै मनसुन सक्रिय: पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

User Image Prime TV News ५ दिन अगाडि
Image of दसैंसँगै मनसुन सक्रिय: पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौ । केही दिनदेखि कमजोर अवस्थामा रहेको मनसुन दसैंको सुरुवातसँगै सामान्य अवस्थामा फर्किएको छ। जलवाष्पयुक्त हावा प्रवेश र स्थानीय वायूको प्रभावका कारण आगामी दिनहरूमा वर्षाको मात्रा बढ्ने अनुमान गरिएको छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनअनुसार, दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। रातिको समयमा पनि कोसी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। रातको समयमा पनि केही स्थानहरूमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

दसैंको मुख्य चाडको बेला वर्षा सक्रिय हुँदा यात्रुहरू, कृषकहरू तथा पर्व मनाउने सर्वसाधारणले सावधानी अपनाउनुपर्ने महाशाखाले सुझाव दिएको छ।