रास्वपाले सुरु गर्‍यो क्यान्डिडेट क्लब, पास भएपछि मात्र टिकट

User Image Prime TV News ५ दिन अगाडि
Image of रास्वपाले सुरु गर्‍यो क्यान्डिडेट क्लब, पास भएपछि मात्र टिकट

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। अब पार्टीको तर्फबाट उम्मेदवार हुन चाहनेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनुपर्नेछ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्। पार्टीका अनुसार उम्मेदवार बन्न चाहनेको संख्या धेरै हुने भएकाले छनोट प्रक्रिया सहज र व्यवस्थित बनाउन क्यान्डिडेट क्लब बनाइएको हो।

यसका लागि समिति पनि गठन गरिएको छ। समितिको संयोजकमा सह–महामन्त्री विपिनकुमार आचार्य र सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगा रहेका छन्। रास्वपाले आगामी निर्वाचनलाई ध्यानमा राख्दै अहिलेबाटै तयारी सुरु गरेको जनाएको छ। २०७९ को स्थानीय तह निर्वाचनको कार्यकाल २०८४ मा सकिने भएकाले पार्टीले समयमै तयारी थालेको हो।

पार्टीले योग्य र सक्षम उम्मेदवार छनोट गर्न नयाँ प्रणाली लागू गरेको बताएको छ।