उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन रास्वपा सभापति लामिछानेको आग्रह
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन्। आइतबार काठमाडौंमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उनले सरकारप्रति अनावश्यक डर र शंका नराख्न आग्रह गरेका हुन्।
उनले सरकारले व्यवसायीलाई दुःख दिने उद्देश्य नभएको स्पष्ट पार्दै केही गलत काममा संलग्न व्यक्तिमाथि मात्र कारबाही भइरहेको बताएका छन्। लामिछानेका अनुसार सरकार सुशासन र आर्थिक सुधारका लागि काम गरिरहेको छ, जसका कारण केही असहज अवस्था देखिन सक्छ।
उनले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारसँग स्पष्ट योजना रहेको पनि बताए। अब समस्या समाधानका लागि नेताको घर वा कार्यालय धाउन नपर्ने उनको भनाइ छ। त्यसैगरी उनले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पारेका छन्। जोखिमयुक्त स्थानमा बसिरहेका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको उनले बताए।
छलफलमा सहभागी उद्योगी–व्यवसायीहरूले भने व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन र अनावश्यक धरपकड नगर्न सरकारसँग आग्रह गरेका छन्।







