क्रान्तिको लक्ष्य अझै पूरा भएको छैनः प्रचण्ड
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले क्रान्तिको लक्ष्य अझै पूरा नभएको बताएका छन्। मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले देशलाई समाजवादतर्फ अघि बढाउन सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार विभिन्न कम्युनिस्ट समूह मिलेर नयाँ राजनीतिक यात्रा सुरु गरिएको छ र बाँकी समूहलाई पनि एकताबद्ध गरिनेछ।
दाहालले शान्ति सम्झौता र संविधानसभाबाट प्राप्त उपलब्धिलाई अझ बलियो बनाउन सबै राजनीतिक दल मिलेर काम गर्नुपर्ने बताएका छन्। उनले एकता र सहकार्यबाट मात्रै क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गरेका छन्।







