काठमाडौमा १,८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । काठमाडौ उपत्यकामा नदी किनारका अवैध बस्ती हटाउने क्रममा १ हजार ८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा आएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार ती परिवारका ७ हजार ७८९ जना व्यक्ति सम्पर्कमा आएका हुन्। उनीहरूले आफूलाई सुकुमबासी भन्दै व्यवस्थापनको माग गरेका छन्। सम्पर्कमा आएका मध्ये ७९४ जनालाई सरकारले होल्डिङ सेन्टरमा राखेको छ। बाँकी केहीले भने आफैं बस्ने व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्। सरकारले कीर्तिपुर, नयाँ बसपार्क, माछापोखरी, भक्तपुर र बोडे क्षेत्रमा अस्थायी बसोबासको व्यवस्था गरेको जनाएको छ।







