लिपुलेक मुद्दामा भारतको जवाफ: ‘यो नयाँ होइन, पुरानै बाटो हो’

User Image Prime TV News ४ दिन अगाडि
Image of लिपुलेक मुद्दामा भारतको जवाफ: ‘यो नयाँ होइन, पुरानै बाटो हो’

काठमाडौ । भारतले लिपुलेक हुँदै चीन जाने मार्गबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। नेपालले असहमति जनाएपछि भारतले यस्तो प्रतिक्रिया दिएको हो।

भारतका विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले लिपुलेकबाट हुने कैलाश मानसरोवर यात्रा नयाँ नभएको बताएका छन्। उनका अनुसार यो मार्ग सन् १९५४ देखि चल्दै आएको पुरानो बाटो हो। यसअघि नेपालले प्रेस नोट जारी गर्दै आफ्नो भूमि प्रयोग गरिएको भन्दै आपत्ति जनाएको थियो।

भारतले भने नेपालका केही दाबी तथ्यमा आधारित नभएको भन्दै अस्वीकार गरेको छ। साथै, समस्या समाधानका लागि नेपालसँग वार्ता गर्न तयार रहेको पनि जनाएको छ।