नयाँ कुमारीको आसन ग्रहण आज, पूजाआजा सहित कुमारीघरमा भव्य कार्यक्रम हुने

User Image Prime TV News ५ दिन अगाडि
Image of नयाँ कुमारीको आसन ग्रहण आज, पूजाआजा सहित कुमारीघरमा भव्य कार्यक्रम हुने

काठमाडौ । काठमाडौंको ऐतिहासिक तथा धार्मिक परम्परा अनुसार नव-घोषित कुमारी आर्यतारा शाक्यले आज मध्याह्न विशेष साइतमा विधिपूर्वक कुमारीको आसन ग्रहण गराइदै छ।

इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारालाई दिउँसो १२:०५ देखि १२:१६ बजेसम्मको शुभ साइतमा जीवित देवीको रूपमा कुमारीघरमा प्रतिष्ठापन गरिने भएको हो ।

कुमारीघर व्यवस्थापन समितिका अनुसार नवकुमारीको आसन ग्रहण कार्यक्रम बाजागाजासहित पूजाआजा र वैदिक विधिअनुसार सम्पन्न गरिने बताइएको छ ।

कार्यक्रममा पूर्व कुमारी तृष्णा शाक्यलाई सम्मानपूर्वक बिदाइ गरिने छ । नयाँ कुमारीलाई कुमारीघरमा प्रतिष्ठित गरेपछि तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मन्दिर यात्रा गराइने छ ।

हिन्दू र बौद्ध परम्पराको संगम मानिने कुमारी प्रथा अन्तर्गत जीवित देवीका रूपमा पूजिने कुमारीलाई महालक्ष्मीको प्रतीकका रूपमा मानिन्छ ।