कांग्रेसको बैठक आज, असन्तुष्टि र विवादमा छलफल हुने

User Image Prime TV News ४ दिन अगाडि
Image of कांग्रेसको बैठक आज, असन्तुष्टि र विवादमा छलफल हुने

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बीपी स्मृति भवन, बीपी नगरस्थित केन्द्रीय कार्यालयमा हुनेछ। बैठकमा सबै पदाधिकारी र सदस्यलाई उपस्थित हुन भनिएको छ।

बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि र विवादबारे छलफल हुनेछ। विशेषगरी पूर्ण बहादुर खड्का र शेखर कोइराला समूहसँगको विषयमा कुरा हुने बताइएको छ।

यसअघि अनुशासन समितिले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको आरोपमा केही सदस्यसँग स्पष्टीकरण मागेको थियो ।