सशस्त्र प्रहरीको नेतृत्वमा पौडेल, दर्ज्यानी चिह्न ग्रहण
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । सशस्त्र प्रहरी बल नेपालको नेतृत्व परिवर्तन भएको छ। नारायणदत्त पौडेल लाई महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरिएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिए।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो। यसअघि आईजीपी रहेका राजु अर्याल १८ वैशाखबाट अवकाश भएपछि पौडेलले सशस्त्र प्रहरी बलको कमाण्ड सम्हालेका छन्।







