सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो

User Image Prime TV News ४ दिन अगाडि
Image of सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो

काठमाडौ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा झरेको छ।

यसअघि हिजो सुनको मूल्य तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ थियो। लगातार दुई दिनदेखि सुनको मूल्य घटिरहेको छ। तर त्यसअघि शुक्रबार भने सुनको भाउ ३४ सय रुपैयाँले बढेर २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको थियो।

यता चाँदीको मूल्य भने आज पनि बढेको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँ पुगेको छ। यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो।

त्यस्तै, चाँदीको मूल्य पनि माघ १५ गते ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। भने माघ १८ गते चाँदीको मूल्य १५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट हो। सुनको मूल्य घट्दै जाँदा चाँदीको मूल्य भने बढ्दै गएको देखिएको छ।