मन्त्रिपरिषद् बैठक सुरु
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बसेको हो। बैठकमा देशका समसामयिक विषयहरूमा छलफल भइरहेको छ। साथै, विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरिने बताइएको छ।
पछिल्लो समय सरकारले मन्त्रालयहरुको संख्या १७ मा झार्ने प्रस्ताव अघि बढाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार चारवटा मन्त्रालय खारेज हुने भएका छन् । युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको अस्तित्व नरहने भएको हो ।
प्रधानमन्त्री कार्यालयलाई अझै शक्तिशाली बनाउने प्रारुप निर्माण गरिएको छ । सरकारका नीतिगत तथा प्रशासनिक कामलाई अघि बढाउन बैठकलाई महत्त्वपूर्ण मानिएको छ।







