प्रधानमन्त्री बालेन उपस्थित नभएपछि राज्यब्यवस्था समिति बैठक स्थगित
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नहुने भएपछि बैठक बस्न नसकेको हो। सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो।
तर प्रधानमन्त्री आउन नसक्ने भएपछि बैठक बस्दै नबसी स्थगित गरिएको समितिले जनाएको छ। समितिका सचिव सहसचिव कान्छा दुलालका अनुसार समितिको बैठकमा मन्त्रीहरू उपस्थित हुने परम्परा रहेको छ। तर यस पटक प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो।
उनका अनुसार समितिको कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, साथै विभिन्न संवैधानिक आयोगहरू पर्छन्। बैठकमा समितिको आगामी कामकारबाही र कार्यक्षेत्रबारे छलफल गर्ने कार्यसूची थियो। तर विशेष कारणले बैठक स्थगित गरिएको जनाइएको छ।







