ट्रेड युनियनमा दलीय राजनीति भएको राप्रपा प्रवक्ताको दाबी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सरकारी सेवामा रहेका निजामती कर्मचारीका संघ–संगठनहरूले ट्रेड युनियनको नाममा दलीय राजनीति गरेको आरोप लगाएका छन्।
उनका अनुसार यस्ता गतिविधिले ट्रेड युनियनको मूल उद्देश्य र मर्ममा असर पुर्याएको छ। उनले कर्मचारी संघ संगठनहरूले विगतमा राजनीतिक नेतृत्व तथा उच्च तहका कर्मचारीलाई भ्रष्टाचारतर्फ लैजान सहयोग गरेको दाबी पनि गरेका छन्।
श्रेष्ठले भने, “ट्रेड युनियनको नाममा दलीय राजनीतिक अभ्यास भइरहेको थियो, जसले यसको मूल भावना कमजोर बनाएको छ।” उनले ट्रेड युनियन खारेजीले सार्वजनिक प्रशासनलाई शुद्ध र पारदर्शी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।
साथै, राप्रपा पनि प्रशासनिक शुद्धीकरणको पक्षमा रहेको उनले बताएका छन्।







