संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। यसअघि सरकारले विभिन्न ८ वटा अध्यादेश सिफारिस गरेकोमा ७ वटा राष्ट्रपतिबाट जारी भइसकेका थिए।
तर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए। अब सोही अध्यादेशलाई सरकारले फेरि जस्ताको तस्तै सिफारिस गरेको छ। सरकारका अनुसार प्रक्रिया अगाडि बढाउन पुनः सिफारिस गरिएको हो।







