हर्क साम्पाङको आरोप: सभामुखले पार्टीलाई बैठकमा बोलाइएन
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टीलाई सभामुखले बोलाएको बैठकमा नबोलाइएको बताएका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत सभामुख डोलप्रसाद अर्याल (डीपी)ले राखेको छलफलमा आफ्नो पार्टीलाई जानकारी नदिइएको दाबी गरेका हुन्। साम्पाङका अनुसार सभामुखको बैठकमा श्रम संस्कृति पार्टीलाई नबोलाइएकाले आफूहरू सहभागी हुन नपाएको हो।
उनले मिडियालाई सत्यतथ्य मात्र लेख्न पनि आग्रह गरेका छन्। सोमबार सभामुख अर्यालले सत्तारूढ दल र प्रतिनिधिसभामा रहेका विपक्षी दलका सचेतकसँग छलफल गरेका थिए। तर सो छलफलमा श्रम संस्कृति पार्टी सहभागी नभएको बताइएको छ।







