मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

User Image Prime TV News ४ दिन अगाडि
Image of मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।

अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले सोमबार छापा मारेको हो। हेटौंडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा कार्यालय र उनको घरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको छ। इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत हुन्। उनी पहिले निर्माण व्यवसायी क्षेत्रमा सक्रिय थिए र अहिले पनि विभिन्न व्यवसायमा उनको लगानी रहेको बताइएको छ।