शेयर बजारमा आज उच्च गिरावट, नेप्से परिसूचक २७०४.०८ अंकमा
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । शेयर बजारमा आज उच्च गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ३४.६३ अंकले घटेको हो। १.२६ प्रतिशतले घटेपछि नेप्से परिसूचक २७०४.०८ अंकमा झरेको छ।
बजार घटेसँगै कारोबार पनि घटेर सवा ४ अर्बमा सीमित भएको छ। आज ३४१ कम्पनीका १ करोडभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २६ करोडभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। समूहगत रूपमा हेर्दा लघुवित्त समूह स्थिर रहे पनि अन्य सबै समूह घटेका छन्।
उत्पादनमूलक समूह सबैभन्दा बढी २.५४ प्रतिशतले घटेको छ। लगानीकर्तामध्ये फरवार्ड माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले १५ प्रतिशत नाफा कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १२.५८ प्रतिशत घाटा व्यहोरेका छन्।
आज सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ। उक्त कम्पनीको ३१ करोडभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।







