डिजिटल स्कुल ‘पहिलो पाइला एजुकेसन’ चाँडै सार्वजनिक हुने

User Image Prime TV News ४ दिन अगाडि
Image of डिजिटल स्कुल ‘पहिलो पाइला एजुकेसन’ चाँडै सार्वजनिक हुने

काठमाडौ । डिजिटल शिक्षाको क्षेत्रमा नयाँ पहलस्वरूप “पहिलो पाइला एजुकेसन” नामक डिजिटल स्कुल सञ्चालनमा आउने तयारी गरिएको छ।

यो परियोजनाले विश्वभर रहेका नेपालीभाषी बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउने लक्ष्य राखेको छ। साथै, आधुनिक सिकाइ पद्धतिमार्फत विज्ञान, गणित र सामाजिक विषय पनि नेपाली भाषामै पढाउने योजना रहेको छ।

यसै क्रममा लोकप्रिय अभिनेत्री केकी अधिकारीलाई पहिलो पाइला एजुकेसनको ब्रान्ड एम्बेसडरमा अनुबन्ध गरिएको छ। सञ्चालकका अनुसार डिजिटल स्कुलमार्फत बालबालिकालाई खेल्दै सिक्ने तरिकामा शिक्षा दिने उद्देश्य राखिएको छ।

‘पहिलो पाइला एजुकेसन’ को डिजिटल एप चाँडै सार्वजनिक हुने तयारीमा रहेको पनि बताइएको छ।