सुकुम्बासी बालबालिकालाई निजी विद्यालयहरुले निःशुल्क पढाउने

User Image Prime TV News ४ दिन अगाडि
Image of सुकुम्बासी बालबालिकालाई निजी विद्यालयहरुले निःशुल्क पढाउने

काठमाडौ । बिस्थापित सुकुम्बासी बालबालिकालाई निजी विद्यालयहरुले निःशुल्क पढाउने भएका छन् । निजी शैक्षिक संस्थासम्बद्ध प्याब्सन, एपेन, एनप्याब्सन र हिसानले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनीहरुले वास्तविक सुकुम्बासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितका लागि आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको बताएका छन् । यसका निम्ति प्रभावित क्षेत्रका बालबालिकालाई सोही क्षेत्रका निजी विद्यालयमा निःशुल्क पढ्नेसहित आवास तथा यातायातको व्यवस्थापन गरिने उनीहरुको प्रतिबद्धता छ ।

‘प्रभावित क्षेत्रका बालबालिकाहरुलाई तत् क्षेत्रका निजी विद्यालयहरुमा निःशुल्क ढंगले पढ्ने अवसर उपलब्ध गराउने, आवश्यकताअनुसार आवास तथा यातायातको व्यवस्थापन गर्नेलगायतका सहयोगात्मक उपायहरु व्यवस्थित र प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्पूर्ण सरोकारवाला संगठनहरु तयार रहेको अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ।