संघीय संसद्को अधिवेशन कहिले बस्ने भन्ने विषय भोलि टुंगिन्छः सभामुख

User Image Prime TV News ४ दिन अगाडि
Image of संघीय संसद्को अधिवेशन कहिले बस्ने भन्ने विषय भोलि टुंगिन्छः सभामुख

काठमाडौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को अधिवेशन कहिले बस्ने भन्ने विषय भोलि टुंगिने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा उनले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै यस्तो जानकारी दिएका हुन्।

बैठकमा सहभागी एमाले सचेतक निता घतानीका अनुसार सभामुखले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानको मिति तय गर्ने बताएका छन्। हामीले संघीय संसद्को अधिवेशन आह्वान गरेर बस्दै नबसी स्थगित गरियो । कारण के हो ? फेरि कहिले आह्वान हुन्छ भनेर सभामुखज्यूसँग प्रश्न गर्‍यौँ,’ घतानीले भनिन्- ‘उहाँले जवाफमा भोलि बस्ने मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्ने जानकारी दिनुभयो ।’

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख १७ गतेका लागि संसद् अधिवेशन बोलाएका थिए। तर पछि सरकारले पत्र पठाएपछि अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो।

अब बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मिति तय गर्ने अपेक्षा गरिएको छ।