संसदीय दलका पदाधिकारी छिट्टै चयन गर्न सभामुखको आग्रह
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले राजनीतिक दलहरूलाई आफ्ना संसदीय दलका पदाधिकारी छिट्टै चयन गर्न आग्रह गरेका छन्।
सोमबार सिंहदरबारमा बसेको बैठकमा उनले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै यस्तो सुझाव दिएका हुन्। बैठकमा सभामुखले सदनको काम सहज रूपमा सञ्चालन गर्न सबै दलले आफ्ना पदाधिकारीहरूको पदपूर्ति गरी विवरण संसद् सचिवालयमा बुझाउनुपर्ने बताए।
उनले केही दल, विशेषगरी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलले अझै पदाधिकारीको विवरण नदिएको भन्दै छिटो उपलब्ध गराउन आग्रह गरेका छन्। बैठकमा नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपालगायत दलका प्रतिनिधि सहभागी थिए। तर श्रम संस्कृति पार्टीका प्रतिनिधि भने बैठकमा सहभागी भएनन्।
सचिवालयका अनुसार सो पार्टीलाई जानकारी गराइए पनि उनीहरू बैठकमा उपस्थित नभएको जनाइएको छ।







