डडेल्धुरामा जिप दुर्घटनास् चारको मृत्यु, छ घाइते

User Image Prime TV News एक महिना अगाडि
Image of डडेल्धुरामा जिप दुर्घटनास् चारको मृत्यु, छ घाइते

काठमाडौ । डडेल्धुरामा आज बिहान भएको जिप दुर्घटनामा चार जनाको ज्यान जानुका साथै छ जना घाइते भएका छन् । दुर्घटना नवदुर्गा गाउँपालिका–५ स्थित चौड भन्ने स्थानमा बिहान करिब ९ बजे भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार से १ ज ७३८ नम्बरको बोलेरो जिप ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट झण्डै २ सय ५० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृतकहरू सबै नवदुर्गा गाउँपालिका–५ का स्थानीय हुन्। मृत्यु हुनेमा १८ वर्षीय सुरेश साउँद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थित, ७२ वर्षीया कलावती साउँद रहेका छन्। जिप चालक ३५ वर्षीय रामबहादुर साउदसहित अन्य छ जना घाइते भएका छन्।

घाइतेहरूमा १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतिक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद, ४४ वर्षीय प्रकाश विक रहेका छन्। सबै  घाइतेलाई उद्धार गरी डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

उनीहरूको अवस्था मध्यमदेखि गम्भीरसम्म रहेको प्रारम्भिक जानकारी छ। दुर्घटनाको कारण खुलेको छैन । यद्यपि प्रारम्भिक अनुमानअनुसार जिप अनियन्त्रित भई खसेको हुन सक्ने प्रहरीको भनाइ छ।