सम्पत्ति शुद्धीकरण छापापछि मुख्यमन्त्री बानियाँको आपत्ति, छविमा असर परेको बानियाँको भनाइ

User Image Prime TV News ४ दिन अगाडि
Image of सम्पत्ति शुद्धीकरण छापापछि मुख्यमन्त्री बानियाँको आपत्ति, छविमा असर परेको बानियाँको भनाइ

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाएका छन्। सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले हेटौँडा–५ स्थित उनको निवास र बानियाँ निर्माण सेवासँग सम्बन्धित कार्यालयहरूमा छापा मारेको थियो।

त्यसपछि मुख्यमन्त्री बानियाँले विज्ञप्ति जारी गर्दै आफूले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनले संघीय सरकार र प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जुनसुकै तहको सरकारले गर्ने राम्रो काममा आफू सधैं सहयोग गर्ने बताए।

बानियाँले छानबिनलाई सकारात्मक रूपमा लिएको बताए पनि बिना जानकारी गरिएको छापामारीले आफ्नो छवि प्रभावित भएको गुनासो गरेका छन्। उनले कानुन अनुसार हुने कुनै पनि अनुसन्धानमा आफू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारेका छन्। साथै, यस घटनापछि गलत बुझाइ नफैलाउन पनि आग्रह गरेका छन्।