भारतका पाँच राज्यमा चुनाव नतिजा: तीनमा नयाँ सरकार, दुईमा पुरानै सत्ता
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार तीन राज्यमा सरकार परिवर्तन भएको छ भने दुई राज्यमा पुरानै गठबन्धन सत्तामा फर्किएको छ।
पश्चिम बंगाल, तमिलनाडु र केरलामा नयाँ सरकार बन्ने भएको छ। आसाम र पुडुचेरीमा भने एनडीए फेरि सत्तामा आएको छ।पश्चिम बंगालमा भारतीय जनता पार्टीले पहिलोपटक तृणमूल कंग्रेसलाई हराउँदै ठूलो जित निकालेको छ। भाजपा ३ सिटबाट सिधै २०६ सिटमा पुगेको छ। तमिलनाडुमा अभिनेता थलापति विजयको पार्टी टीभीकेले सबैभन्दा धेरै सिट जितेर सबैलाई चकित पारेको छ। यसपटक पुराना ठूला दल डीएमके र एआईएडीएमके बाहिरको सरकार बन्ने देखिएको छ। चुनावमा ममता बनर्जी (पश्चिम बंगाल) र एमके स्टालिन (तमिलनाडु) जस्ता नेताले हार बेहोरेका छन् ।







