कांग्रेस संसदीय दलको बैठक बुधबार, सरकारका कदममाथि छलफल हुने
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बैठक आह्वान गरेका हुन्। बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरिने बताइएको छ ।
विशेषगरी सरकारले संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको विषयमा कांग्रेसले गम्भीर रूपमा कुरा गर्ने तयारी गरेको छ। साथै सुकुम्बासी व्यवस्थापन नगरी डोजर चलाइएको विषय पनि उठ्ने बताइएको छ ।







