महासंघमा आज निर्वाचन, उपाध्यक्ष र सदस्यका लागि मतदान
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।
विधानअनुसार विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी सदस्यका लागि मतदान हुन लागेको हो।
निर्वाचनमा अञ्जन श्रेष्ठ पक्ष र हेमराज ढकाल समूहबीच प्रतिस्पर्धा छ। दुवै पक्षले आफ्ना उम्मेदवार उठाएका छन्। महासंघका ७३ पदका लागि १३७ जना उम्मेदवार चुनावमा छन्।
मतदान बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ। त्यसपछि मतगणना सुरु हुनेछ।







