लुम्बिनी र मधेश प्रदेशका जिल्लाहरुमा आज तीव्र हावाहुरी चल्ने सम्भावना

User Image Prime TV News ३ दिन अगाडि
Image of लुम्बिनी र मधेश प्रदेशका जिल्लाहरुमा आज  तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाडौ । देशका केही प्रदेशमा आज र आज राति तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा हावाहुरी चल्न सक्छ।

त्यस्तै आज राति मधेश प्रदेशका बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । मौसम विभागले हावाहुरीका कारण हुन सक्ने क्षतिबाट बच्न सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ। घर बाहिर ननिस्कन, कमजोर संरचना भएका ठाउँमा नबस्न र सुरक्षित रहन सुझाव दिइएको छ।