स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्। उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार स्मार्ट टेलिकमको अनुमति नवीकरण नभएपछि २०८० वैशाख ३ गते कम्पनीको लाइसेन्स स्वतः रद्द भएको थियो। हाल कम्पनी पूर्ण रूपमा बन्द अवस्थामा छ। लाइसेन्स रद्द भएपछि उक्त कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।
तर, सो सम्पत्ति सरकारी अधिकारमा जान नदिने गरी अनियमित गतिविधि भएको आरोपमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। प्रहरीले जोशीमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।







