राष्ट्रपति पौडेलले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

User Image Prime TV News ३ दिन अगाडि
Image of राष्ट्रपति पौडेलले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

काठमाडौ । रामचन्द्र पौडेलले सरकारले पुनः सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। लामो छलफल र फिर्ता–पुनःसिफारिसको प्रक्रियापछि अध्यादेश अन्ततः जारी भएको हो।

यसअघि नेपाल सरकारले पठाएका आठ वटा अध्यादेशमध्ये राष्ट्रपति पौडेलले सात वटा जारी गरिसकेका थिए। तर संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा भने उनले प्रारम्भिक चरणमै आपत्ति जनाउँदै पुनर्विचारका लागि फिर्ता पठाएका थिए।

राष्ट्रपतिले फिर्ता पठाएपछि सरकारले उक्त अध्यादेशमा कुनै संशोधन नगरी सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट पुनः जस्ताकोतस्तै सिफारिस गरेको थियो। त्यसपछि सो प्रस्ताव फेरि राष्ट्रपति कार्यालयमा पुगेको थियो। दोस्रो पटक आएको सिफारिसपछि राष्ट्रपति पौडेलले आज उक्त अध्यादेश जारी गरेका हुन्।

संवैधानिक परिषद् सम्बन्धी व्यवस्था मुलुकका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति, सिफारिस र प्रक्रिया सम्बन्धी विषयसँग जोडिएको हुन्छ। यस विषयमा विगतदेखि नै राजनीतिक दलहरूबीच मतभेद र बहस हुँदै आएको छ। अध्यादेश जारी भएसँगै अब संवैधानिक परिषद्को निर्णय प्रक्रिया नयाँ कानुनी ढाँचाअनुसार अघि बढ्ने भएको छ।