सरकार संसद् र पार्टी समन्वयका लागि रास्वपाको समिति सक्रिय

User Image Prime TV News ३ दिन अगाडि
Image of सरकार संसद् र पार्टी समन्वयका लागि रास्वपाको समिति सक्रिय

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, संसद् र पार्टीबीच समन्वय गर्न गठन गरेको विशेष समितिले काम सुरु गरेको छ।

पार्टीको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्री भूपदेव शाह को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको थियो। सो समितिले अहिले औपचारिक रूपमा काम सुरु गरिसकेको छ।

संयोजक शाहका अनुसार यो समितिको मुख्य काम सरकारको अनुगमन गर्नु होइन, बरु सरकार, संसद् र पार्टीबीच समन्वय गरेर कामलाई सहज बनाउनु हो। समितिले पार्टीमा आएका जनगुनासा छिटो समाधान हुने गरी सम्बन्धित निकायसम्म पुर्‍याउने र आवश्यक सहजीकरण गर्ने बताइएको छ।

सातै प्रदेशका प्रतिनिधिहरू समेटिएको यो समितिले स्थानीयदेखि संघीय तहसम्मका समस्या बुझ्ने र समाधानमा पुलको भूमिका खेल्ने अपेक्षा गरिएको छ।