संवैधानिनक परिषद्को बैठकमा अब ४ जना भए पुग्ने, निर्णय प्रक्रिया परिवर्तन

User Image Prime TV News ३ दिन अगाडि
Image of संवैधानिनक परिषद्को बैठकमा अब ४ जना भए पुग्ने, निर्णय प्रक्रिया परिवर्तन

काठमाडौ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएसँगै परिषद्को बैठक र निर्णय प्रक्रियामा नयाँ व्यवस्था लागू भएको छ। रामचन्द्र पौडेलले सरकारले पुनः सिफारिस गरेको उक्त अध्यादेश जारी गरेपछि अब संवैधानिक परिषद्को बैठक बस्ने र निर्णय गर्ने प्रक्रिया परिवर्तन भएको हो।

नयाँ व्यवस्थाअनुसार ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्न ४ जना उपस्थित भए पनि गणपूरक सङ्ख्या पुगेको मानिनेछ। यसअघि बैठक बस्नका लागि सबै सदस्यको उपस्थिति वा कडा बहुमत आवश्यक पर्ने अवस्था थियो।

त्यस्तै, परिषद्ले कुनै निर्णय गर्दा ३ जनाको बहुमत भए निर्णय गर्न सकिने व्यवस्था गरिएको छ। यदि मत बराबर भएमा प्रधानमन्त्रीले दिने मत निर्णायक हुने प्रावधान पनि राखिएको छ। नेपाल सरकारका अनुसार यो व्यवस्था परिषद्को निर्णय प्रक्रिया सहज बनाउन र लामो समयसम्म निर्णय रोकिने अवस्था हटाउन ल्याइएको हो।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार परिषद् ६ सदस्यीय नै रहने भए पनि बैठक र निर्णय प्रक्रिया सरल बनाइएको हो। यसअघि देखिँदै आएको अवरोध र ढिलाइ अन्त्य गर्ने उद्देश्यले यस्तो परिवर्तन गरिएको बताइएको छ।