आज पनि मन्त्रिपरिषद् बैठक बस्दै, संसद अधिवेशन बोलाउने तयारी
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । मन्त्रिपरिषद् बैठक आज पनि बस्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
यो मन्त्रिपरिषद् बैठक लगातार दोस्रो दिन बस्न लागेको हो। हिजो सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। आजको बैठकले संसद अधिवेशन बोलाउने सक्ने बताइएको छ । सरकारले ल्याएका सबै अध्यादेश राष्ट्रपतिले जारी गरेसंगै सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेको हो ।
यस अघि सरकारले संसद अधिवेशन बोलाएर पनि स्थगन गरेको थियो । त्यससंगै विभिन्न अध्यादेश ल्याएको थियो ।







