ऋण सोचेर लिन र समयमै तिर्न राष्ट्र बैंकको सुझाव

User Image Prime TV News ३ दिन अगाडि
Image of ऋण सोचेर लिन र समयमै तिर्न राष्ट्र बैंकको सुझाव

काठमाडौ । नेपाल राष्ट्र बैंकले आवश्यक परे मात्र ऋण लिन सर्वसाधारणलाई आग्रह गरेको छ। आज जारी सूचनामा राष्ट्र बैंकले ऋण लिँदा सोचविचार गरेर मात्र लिनुपर्ने र लिएको ऋण समयमै तिर्नुपर्ने बानी बसाल्न सुझाव दिएको छ।

बैंकले आम्दानी र खर्चको सूची बनाएर मासिक बजेट अनुसार खर्च गर्न पनि आग्रह गरेको छ। अनावश्यक खर्च नगर्न र आर्थिक अनुशासन पालना गर्न भनिएको छ। त्यस्तै, कमाएको रकमको केही हिस्सा अनिवार्य रूपमा बचत गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ। यसले आपतकालीन अवस्थामा सहयोग गर्ने र भविष्यका योजना पूरा गर्न मद्दत गर्ने बताइएको छ।

बैंकका अनुसार बचत गर्ने बानीले अनावश्यक खर्च घटाउने मात्र होइन, पारिवारिक आर्थिक तनाव पनि कम गर्न सहयोग पुग्छ।