नेपाल विद्यार्थी संघसहित पाँच भ्रातृ संगठन विघटन, नयाँ समिति बन्ने

User Image Prime TV News ३ दिन अगाडि
Image of नेपाल विद्यार्थी संघसहित पाँच भ्रातृ संगठन विघटन, नयाँ समिति बन्ने

काठमाडौ । नेपाली कांग्रेसका पाँच भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका छन्। केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले म्याद थप नगर्ने निर्णय गरेपछि ती संगठनहरूको कार्यसमिति स्वतः विघटन भएको हो।

विघटन भएका भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन्। पार्टीले यसअघि यी भ्रातृ संगठनलाई महाधिवेशन गर्न समय दिएको थियो। तर धेरै संगठनले तोकिएको समयभित्र अधिवेशन गर्न नसकेपछि म्याद थप नगर्ने निर्णय गरिएको हो।

यो निर्णयपछि अब पुराना कार्यसमितिले गरेका निर्णय र मनोनयन स्वतः अमान्य हुने भएका छन्। पार्टीले अब नयाँ तदर्थ समिति बनाएर ती भ्रातृ संगठनहरूको महाधिवेशन गराउने तयारी गरेको छ।