काठमाडौमा सुकुम्वासी परिवारको विवरण संकलन तीव्र, ३ हजारभन्दा बढी दर्ता
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । काठमाडौंका विभिन्न स्थानमा हटाइएका सुकुम्बासी बस्तीका प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र रूपमा भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा हालसम्म ३ हजार १ सय ११ परिवारले नाम दर्ता गराएका छन्।
बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालामा बसेर प्रभावित परिवारहरूको तथ्यांक संकलन गरिरहेका छन्। रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क राखेर परिवारहरूलाई फारम भर्न लगाउने र आवश्यक विवरण संकलन गर्ने काम भइरहेको छ।
प्रभावित नागरिकहरूको आधारभूत आवश्यकता पूरा गर्न स्वास्थ्य परीक्षण, खानपान र राष्ट्रिय परिचयपत्र बनाउने सेवा पनि उपलब्ध गराइएको छ। यो सबै व्यवस्थापन तथा समन्वयको काम काठमाडौं महानगरपालिका ले गरिरहेको छ।







