पार्टी भित्रको विवाद समाधान गर्न सभापति थापाले सुरु गरे नेताहरूसँगको छलफल

User Image Prime TV News ३ दिन अगाडि
Image of पार्टी भित्रको विवाद समाधान गर्न सभापति थापाले सुरु गरे नेताहरूसँगको छलफल

काठमाडौ । नेपाली कांग्रेस भित्र देखिएको विवाद समाधान गर्न सभापति गगन थापाले नेताहरूसँग छलफल सुरु गरेका छन्। थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला सँग छुट्टाछुट्टै संवाद थालेका हुन्।

आज उनले डा. कोइरालालाई भेट्न विशालनगरस्थित सम्पर्क कार्यालय पुगेका थिए। करिब एक घण्टा चलेको भेटमा पार्टीभित्रको विवाद र आगामी महाधिवेशनका विषयमा छलफल भएको बताइएको छ। त्यसैगरी सभापति थापाले नेता पूर्णबहादुर खड्का सँग पनि भेट्ने तयारी गरेका छन्।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सभापतिलाई विवाद समाधान गर्ने जिम्मेवारी दिइएको छ र जस अनुसार थापाले सबै पक्षसँग संवाद अघि बढाएका छन्। पार्टीभित्रका नेताहरूले पनि संवादमार्फत सहमति खोजेर पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन्।