डेंगु संक्रमितको संख्या यस वर्ष ५ हजार नाघ्यो

User Image Prime TV News ५ दिन अगाडि
Image of डेंगु संक्रमितको संख्या यस वर्ष ५ हजार नाघ्यो

काठमाडौ । डेंगु संक्रमितको संख्या यस वर्ष ५ हजार नाघेको छ । गत पुसको मध्यदेखि हालसम्म ५ हजार १ सय ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामा मात्रै २ सय ९४ नयाँ संक्रमित थपिएका छन् ।

ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ हजार ३ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बागमती प्रदेशमा १ हजार १ सय ९१, लुम्बिनीमा ९ सय ११, कोशीमा ७ सय ३७, सुदूरपश्चिममा ६ सय २२, कर्णालीमा २ सय ९६ र मधेशमा १ सय १२ जनमा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएका भन्दा धेरै हुन सक्ने बताएका छन् । ईडीसीडीले उपलब्ध तथ्यांक राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको जनाएको हो ।