शेखर गोल्छा हिरासतमा नराख्न अदालतको आदेश
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । जिल्ला अदालत काठमाडौले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिने निर्णय गरेको छ। न्यायाधीश मोना सिंहको इजलासले पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएको हो।
अदालतले उनलाई हिरासतमा राख्नुपर्ने स्पष्ट आधार नदेखिएको जनाएको छ। यस निर्णयपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई हिरासतबाहिर राखेर अनुसन्धान अगाडि बढाउनुपर्नेछ। यसअघि सर्वोच्च अदालतले पनि धरौटी वा जमानतको व्यवस्था हुँदाहुँदै थुनामा राखिएको विषयमा प्रश्न उठाएको थियो।
अब गोल्छामाथिको अनुसन्धान बाहिरैबाट जारी रहनेछ।







