राखेपका १९ पदाधिकारी हटाइए
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का १९ जना पदाधिकारीलाई पदबाट हटाएको छ। युवा तथा खेलकुद मन्त्रालयकी प्रवक्ता मनिता श्रेष्ठका अनुसार नयाँ अध्यादेश लागू भएपछि मन्त्रिपरिषद्बाट नियुक्त सबै पदाधिकारी स्वतः पदमुक्त भएका हुन्।
मन्त्रालयले वैशाख १९ गतेदेखि लागू हुनेगरी उनीहरू पदमुक्त भएको जनाएको छ। नयाँ कानुनी व्यवस्थाअनुसार अब पुराना पदाधिकारीको पद कायम नरहने स्पष्ट गरिएको छ। यस निर्णयपछि राखेपमा नयाँ नेतृत्व आउने बाटो खुलेको छ।








