बंगालको चुनावपछि ममता बनर्जीका गम्भीर आरोप

User Image Prime TV News ३ दिन अगाडि
Image of बंगालको चुनावपछि ममता बनर्जीका गम्भीर आरोप

काठमाडौ । ममता बनर्जीले हालै सम्पन्न चुनावपछि भारतीय जनता पार्टी (भाजपा)माथि कडा आरोप लगाएकी छन्। पहिलो पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले आफ्नो पार्टीलाई हराउन भूमिका खेलेको दाबी गरिन्।

उनले चुनाव जित्न भाजपाले विभिन्न उपाय अपनाएको आरोप पनि लगाइन्। ममता बनर्जीले निर्वाचन आयोग निष्पक्ष नभएको भन्दै आलोचना गरिन्। साथै, सुरक्षा बललाई पनि केन्द्र सरकारको प्रभावमा प्रयोग गरिएको उनको आरोप छ।

उनले मतगणना प्रक्रियामा समेत अनियमितता भएको दाबी गर्दै आफूलाई चुनावका क्रममा दुर्व्यवहार गरिएको बताइन्। उनले यो चुनावलाई पश्चिम बंगालका लागि “कालो दिन” भनेकी छन्। निर्वाचन आयोगका तथ्यांकअनुसार २९३ सिटमध्ये भाजपाले २०७ सिट जितेको छ। अखिल भारतीय तृणमूल कांग्रेस (टीएमसी) ले ८० सिट र कांग्रेसले २ सिट जितेका छन्।