सुकुमबासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न कुलमान घिसिङको सरकारलाई आग्रह

User Image Prime TV News ३ दिन अगाडि
Image of सुकुमबासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न कुलमान घिसिङको सरकारलाई आग्रह

काठमाडौ । कुलमान घिसिङले सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या मानवताका आधारमा दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। कीर्तिपुरस्थित सुकुमबासी सेल्टर (होल्डिङ सेन्टर) को निरीक्षणपछि उनले विस्थापितहरूको उचित व्यवस्थापन नगरी बस्ती हटाउनु दुःखद भएको बताए।

उनका अनुसार हाल सेल्टरमा करिब ३ हजारभन्दा बढी व्यक्तिको जाँच भइसकेको छ। उनले विस्थापितलाई सुरक्षित स्थानमा राखेर स्थायी समाधान गर्नुपर्नेमा जोड दिए। घिसिङले अहिलेको अवस्था निकै कठिन रहेको बताए। एउटै टेन्टमा धेरै परिवार बस्नुपरेको, ठाउँ डुबान क्षेत्रमा रहेको र स्वास्थ्यका हिसाबले उपयुक्त नभएको उनले उल्लेख गरे।

उनले बालबालिकाको पढाइ प्रभावित भएको, स्वास्थ्य सेवा पाउन कठिन भएको र रोजगारी गुम्दा धेरै परिवार आर्थिक तथा मानसिक समस्यामा परेको बताए। सरकारसँग पर्याप्त समय र बहुमत भएकाले हतारमा होइन, राम्रो योजना बनाएर समस्या समाधान गर्न उनले सुझाव दिएका छन्।

साथै, उनले वास्तविक सुकुमबासी र अवैध रूपमा जग्गा कब्जा गर्ने समूहलाई छुट्याएर संविधानअनुसार आवासको अधिकार सुनिश्चित गर्नुपर्ने पनि बताएका छन्।