देशभर मौसम बदली, वर्षा र चट्याङको सम्भावना
Prime TV News २ दिन अगाडि 
काठमाडौ । अहिले देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुका साथै न्यून चापीय प्रणालीका कारण यस्तो अवस्था देखिएको हो।
हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि धेरै ठाउँमा बादल लाग्नेछ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्छ। राति पनि मौसम उस्तै रहने अनुमान छ। पहाडी र हिमाली क्षेत्रमा फेरि वर्षा हुन सक्छ।







