मानवअधिकार एलाइन्सको माग: जेनजी आन्दोलनका दोषीमाथि तुरुन्त कारबाही होस

User Image Prime TV News ५ दिन अगाडि
Image of मानवअधिकार एलाइन्सको माग: जेनजी आन्दोलनका दोषीमाथि तुरुन्त कारबाही होस

काठमाडौ । मानवअधिकार एलाइन्सले जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिको जिम्मेवार व्यक्तिहरूमाथि राज्यका नियमित संयन्त्रमार्फत तुरुन्त कारबाही अघि बढाउन माग गरेको छ। एलाइन्सले विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको पछिल्लो निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

एलाइन्सले मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त नभएसम्म आयोगको कार्यक्षेत्रभित्र पर्ने विषयमा कारबाही नहुने निर्णय गरेको जनाइएको प्रति आपति जनाउँदै मुलुकी अपराध संहिता, २०७४ र फौजदारी कार्यविधि संहिताको मर्म विपरीत रहेको उल्लेख छ।

मानवअधिकार एलाइन्सले जाँचबुझ आयोग गठन हुनुअघि नै आयोग अध्यक्षद्वारा सार्वजनिकरूपमा व्यक्त धारणाले आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । एलाइन्सले आयोगको निष्पक्षता सुनिश्चित गर्न सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण  समेत गराएको छ।

यस्तै आन्दोलनका क्रममा जेलबाट फरार भएका विभिन्न अपराधमा दोषी ठहर गरिएका व्यक्तिहरू अझै पक्राउ नपरेको अवस्थामा मुलुकमा शान्ति, सुरक्षा र जनविश्वासमा कमजोरी देखिएको पनि विज्ञप्तिमा भनिएको छ।