अमेरिका–इरान युद्धविराम कायम, तर तनाव घटेको छैन

User Image Prime TV News २ दिन अगाडि
Image of अमेरिका–इरान युद्धविराम कायम, तर तनाव घटेको छैन

काठमाडौ । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले अमेरिका र इरान बीचको युद्धविराम अझै जारी रहेको बताएका छन्।

उनले होर्मुज स्ट्रेटमा भइरहेको अमेरिकी गतिविधि युद्धविराम अन्त्य नभएको स्पष्ट पारे। उनका अनुसार त्यो छुट्टै सैन्य काम हो। हेग्सेथले इरानलाई सावधानी अपनाउन चेतावनी पनि दिएका छन्।

उनले भने, अहिले युद्धविराम कायम छ, तर अवस्था अझै संवेदनशील छ। यसअघि डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चित समयसम्म बढाएका थिए। तर वार्ता सफल नभएपछि अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएको छ।