महासङ्घको एशोसिएट्सतर्फ १७ सदस्य निर्वाचित

User Image Prime TV News २ दिन अगाडि
Image of महासङ्घको एशोसिएट्सतर्फ १७ सदस्य निर्वाचित

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्सतर्फ १७ जना कार्यकारिणी सदस्य निर्वाचित भएका छन्। मतगणनापछि ३३ उम्मेदवारमध्ये धेरै मत ल्याउने १७ जनालाई विजयी घोषणा गरिएको हो।

निर्वाचितमध्ये सचिन ढकालले सबैभन्दा धेरै १ हजार ३९८ मत पाएका छन्। त्यस्तै बाबु लामिछानेले ८६० मत ल्याउँदै निर्वाचित भएका छन्।महासङ्घमा १८०० भन्दा बढी एशोसिएट्स सदस्य रहेका छन्।