भैरहवामा क्यासिनोमा जुवा खेल्दा १९ नेपाली पक्राउ

User Image Prime TV News २ दिन अगाडि
Image of भैरहवामा क्यासिनोमा जुवा खेल्दा १९ नेपाली पक्राउ

भैरहवा। भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मार्दा १९ जना नेपाली पक्राउ परेका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको होटलमा सञ्चालन भइरहेको क्यासिनोमा नेपालीहरूले जुवा खेलिरहेको सूचनापछि प्रहरी पुगेको हो।

लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार राति ४ जना जुवा खेलाउने र १५ जना खेल्ने गरी १९ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ वटा मोबाइल र २०० थान क्यासिनो क्वाइन बरामद गरिएको छ। पक्राउ परेकामध्ये धेरैजसो रुपन्देहीका छन् भने केही अन्य जिल्लाबाट आएका छन् ।