ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूलाई गुण्डु बोलाए
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूलाई आज गुण्डुमा बोलाएर छलफल गरेका छन्। बैठकमा प्रदेश संसदीय दलको नेताबारे मुख्य रूपमा कुरा भएको छ। केही सांसदले नेता परिवर्तन गर्नुपर्ने माग राखेका छन्। तर नेता फेरिने कि नफेरिने भन्ने निर्णय अझै भएको छैन। ओलीले आवश्यक ठानेको अवस्थामा दलको नेता फेर्न सक्नेछन्, तर त्यसपछि कसलाई बनाउने भन्ने विषयमा भने सबै सांसदहरू एकमत छैनन् । उपनेता रहेकी सन्तोष शर्मा थापा आफू दलको नेता बन्नुपर्ने बताउँछिन् । उता प्रमुख सचेतक चक्र मल्ल पनि दलको नेताको दौडमा छन् । बैठकमा मन्त्री हेरफेरको विषय पनि उठाइएको छ। केही सांसदले आफूलाई पनि अवसर दिनुपर्ने माग गरेका छन्। यसका साथै नयाँ राजनीतिक सहकार्यको विषयमा पनि छलफल भएको बताइएको छ। पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेको सहकार्यको विषयमा नेतृत्वबीच गहन छलफल भइरहेको छ । सुदूरपश्चिम प्रदेशबाटै त्यसको सुरुवात हुनुपर्ने विषयमा नेताहरूबीच छलफल भइरहेको छ ।







